सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'

LATEST:

Friday, October 21, 2011

१० हजार फेसबुक अकाउन्ट ह्याक

सुरेन्द्र पौडेल, काठमाडौं, कात्तिक 4 -
 नेपालको सबैभन्दा शत्तिशाली ह्याकर समूह बताउने 'टिम स्वस्तिक' ले १० हजार फेसबुक एकाउन्ट ह्याक गरेको दाबी गरेको छ। 
काठमाडौंस्थित भारतीय दूतावास र भुटानी सरकारको आधिकारीक साइटबाट सुचनाहरु चोरी गर्न समेत सफल भएको जनाउने यो समूहले अब नेपाल सरकारको वेबसाइट माथि आक्रमण गर्ने चेतावनी दिएको छ।

 

Thursday, October 20, 2011

लिबियाका अपदस्त शासक गद्धाफी मारिए


३ कार्तिक, काठमाडौं । लिबियाका अपदस्थ शासक कर्नेल मुआमार गद्धाफी मारिएका छन् । राष्ट्रिय संक्रमणकालिन परिषद् एनटिसीको सेनाले शिर्ते शहरमा गरेको कारवाहीमा बिहीबार गद्धाफी मारिएका हुन् । लिबियाका प्रधानमन्त्रीले गद्धफी मारिएको पुष्टि गरेका छन् ।
जन्मशहर शिर्तेमा पक्राउ परेका गद्धाफीलाई एनटिसीको सेनाले गोली हानेको समाचारमा जनाइएको छ । त्यसलगतै उनको मृत्यु भएको थियो । गद्धाफीको शवलाई मिश्राता पुर्‍याइएको छ । एनटिसीको सेनाले पक्राउ गरेपछि गद्धाफीले आफूलाई गोली नहान्न भनेको बताइएको छ । उनको साथबाट एक थान पेस्तोल समेत भेटिएको छ । गद्धाफीसँगै सेना प्रमुख समेत रहेका उनको जेठा छोरा मारिएका छन् भने प्रवत्ता मौसा इब्राहिमलाई एनटिसीको सेनाले नियन्त्रणमा लिएको छ ।
गद्धाफी मारिएको समाचार सार्वजनिक भएलगतै लिबियाका नागरिकहरु खुला ठाउँमा जम्मा भई हवाई फायर र गाडीको हर्न बनाएर खुसियाली मनाइरहेको दृष्ट बीबीसी, अलजजिरा लगायतका अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुले देखाएका छन् ।
को हुन् गद्धाफी
सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए । आफूलाई मिश्रका जमाल अब्दुल नासिकका शिष्य बताउने गद्धाफी लिबियाली राजा इदि्रस उपचारका लागि टर्की गएको बेला सानो सैनिक समूहको मदता रक्तपात बिहीन सत्ता कब्जा गर्दै सन् १९६९ मा सत्तामा पुगेका थिए । सत्तामा आउँदा उनको उमेर मात्र २७ बर्षको थियो । सत्तामा पुगेसँगै आफूलाई कर्नेल घोषणा गरेका गद्धाफीले आर्थिक विकास गरे । उनले लिबियाका तेल उत्खननमा संलग्न विदेशी कम्पनीहरुको सम्झौतालाई पुनरावलोकन गरे । जुन सम्झौताले लिबियालाई भन्दा तेल उत्खननमा संलग्न कम्पनीहरुले धेरै कमाई गरेको थियो । सम्झौतालाई पुनरावलोकनसँग लिबियाले विकासमा फड्को मारेको थियो । गद्धाफीको यो कार्यशैलीलाई अन्य अरब मुलुकहरुले समेत अनुशरण गरेका थिए । गद्धाफीकै नेतृत्वमा मानव निर्तिम नदी बनाएर लिबियाको उत्तरी सुख्ख क्षेत्रमा पानी पुर्‍याइएको थियो ।

Wednesday, October 19, 2011

जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो


बागलुङ, कार्तिक २ - मंगलवार बेलुकी बागलुङमा दुर्घटनामा परेको नेपाली सेनाको जहाजका मृतकको शव संकलन गरी काठमाडौं पठाइएको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले शवहरु संकलन गरी सेनाको हेलिकोप्टरमा बुधवार साँझ सवा पाँच बजे काठमाडौं पठाएको हो । बिरामी बोकेर नेपालगञ्जबाट काठमाडौंका लागि उडेको आइल्याण्ड जहाज बागलुङको बोबाङ गाविस वडा नं. ९ मा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थियो ।
aicrash
बोबाङको चौधुल धुरी भन्ने स्थानमा दुर्घटना भएको उक्त विमान क्षत विक्षत अवस्थामा भेटिएको थियो । प्रहरीको ढोरपाटन चौकी, इलाका प्रहरी कार्यालय बुर्तिवाङ र सेनाको भिमगिठेमा रहेको सूर्यदल गणका जवानहरुले घटनास्थलको उद्धार गरेका थिए ।

गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर


कुनै व्यक्तिले साइकलबाट विश्वको भ्रमण गरेको कुरा हामी सबैले सुनका छौँ र नेपालीले समेत यस्तो साहसिक काम गर्न भ्याएका छौँ । तर क्यानडाका एक व्यक्तिले भने हिँडेरै पृथ्वीको चक्कर लगाएका छन् ।
५६ वर्षका जीन बेलिव्यूले ११ वर्षमा पैदल हिँडेर पृथ्वीको परिक्रमा गरेको दाबी गरेका छन् । आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सन् २००० बाट पृथ्वीको पैदल यात्रा सुरु गरेका जीनले हालै परिक्रमा पूरा गरेका हुन् ।
जीनले पृथ्वीको परिक्रमाका क्रममा लामो मरुभूमि र अप्ठेरा पहाड पनि पार गर्नुपर्यो । मेक्सिकोमा जीनको एक युवतीसाग प्रेम समेत बस्यो । सूडानमा हुँदा उनले दाह्री पाले र पगरी समेत पहिरिए । अझ रोचक कुरा त के भने चीनमा हुँदा उनले आफुसँग खानको लागि खाना नभएपछि सर्प समेत खाएका थिए ।
फिलिपिन्समा जीनले गुरिल्ला विद्रोहीसँग जोगिनका लागि सैनिक सुरक्षामा सीमा पार गरेका थिए । स्मरण रहोस् जीनको पृथ्वी भ्रमणको पूरै खर्च उनकी गर्लफ्रेन्डले उठाएकी छिन् । विश्व शान्तिका लागि पृथ्वीको चक्कर लगाएको उनको दाबी छ ।

चलचित्र निर्देशक रायमाझीको निधन लडेर !


चलचित्र निर्देशक दीपक रायमाझीको बुधबार बिहान निधन भएको छ । ५८ वर्षीय रायमाझीलाई हृदयघात भएको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यहरुले बताएका छन् । श्रोतले भने रायमाझीले निधन हृदयघात नभई लडेर भएको बताएको छ ।
श्रोतका अनुसार बाँसबारीमा रहेको आफ्नै घरको कौशीबाट लडेर उनको निधन भएको हो । परिवारमा सामान्य वादविवाद भएको त्यसको केही समयपछि उनी ढे २ तलामाथिको कौशीबाट लडेका श्रोतको भनाई छ । लडेपछि गम्भीर घाईते दिपकलाई शहिद गंगालाल हृदय रोग केन्द्रमा लगिएको थियो । रायमाझीको बुधबार नै दाहसंस्कार गरिएको छ ।

दलाई लामालाई नेपाल आउन रोकियो


२ कार्तिक, काठमाण्डौं । स्वतन्त्र तिब्बतका लागि आन्दोलन गरिरहेका निर्वासित धार्मिक गुरु दलाई लामालाई नेपाल आउनबाट रोकिएको छ । मंगलवार दिउँसो पौने ३ बजे भारतबाट नेपाल आउन लागेका लामालाई बिमान अबतरणको अनुमति नदिई रोकिएको हो ।


नेपाल एक चीन नीतिमा रहेको र लामाको भ्रमणले चीन बिरोधी गतिबिधि हुनसक्ने भन्दै नेपालले अबतरणको अनुमति नदिएपछि उनको भ्रमण रोकिएको आजको राजधानी दैनिकले छापेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जान लागेका बेला उनी स्वतन्त्र तिब्बतसम्बन्धी गतिबिधिमा सर्मथन जुटाउन नेपाल आउन लागेका थिए । नेपाल तिब्बती शरणार्थीका लागि ६ बर्षअघि खोलिएपनि सरकारले बन्द गराएको सम्र्पक कार्यालय पुनः सुचारु गराउने उनको योजना रहेको थियो । लामा नेपाल आउने तयारी गरिरहँदा चीनको पब्लिक सेक्युरिटी मन्त्रालयका उपमन्त्री नेपालमा भ्रमणमा थिए । उनी सोमबारमात्र चीन फर्किएका छन् ।

Saturday, October 15, 2011